६. क्षेत्रगत कार्यनीति
.६.१. अनुसन्धान तथा विकास
६.१.१. आयनकारी विकिरण ९क्ष्यलष्शष्लन च्बमष्बतष्यल० को प्रयोगद्वारा अन्नबालीमा आनुवांशिक विविधता उत्पन्न गरी उन्नत जातका बीजहरू उत्पादन गरेर कृषकहरूलाई व्यवसायिक खेती गर्न प्रोत्साहन गरिनेछ ।
६.१.२. परमाणु प्रविधिलाई कीट नियन्त्रण र रसायनिक मल उत्पादनमा समुचित रूपमा प्रयोग गरिनेछ ।
६.१.३. परमाणु ऊर्जा सम्बन्धी अनुसन्धान तथा विकास कार्यक्रमलाई सुचारु रूपले अगाडि बढाउन उचित अनुसन्धान तथा विकास, व्यवस्थापन, उचित लगानी तथा संगठनात्मक संरचना आदिको समुचित व्यवस्था गरिनेछ ।
६.१.४. प्राथमिकता प्राप्त क्षेत्रमा अनुसन्धान तथा विकास कार्यक्रमलाई प्रभावकारी तुल्याउनका निमित्त प्रयोगशालाहरू÷अनुसन्धान संस्थाहरू÷ इकाईहरूको स्थापना गर्दै लगिनेछ ।
६.१.५. रोगको निरूपण गर्न रेडियोधर्मी औषधीहरू मार्फत उपचार र परमाणु औषधीहरू तथा प्रविधिको विकासमा जोड दिइनेछ ।
६.१.६ खाद्य पदार्थहरूको इरेडियशन ९क्ष्चचबमष्बतष्यल० सम्बन्धी अनुसन्धानमा जोड दिइनेछ ।
६.१.७. रिसर्च रिएक्टर(च्भकभबचअज च्भबअतयच) स्थापनाका पूर्वाधारहरू खडा गर्दै लगिनेछ ।
६.१.८. औद्योगिक क्षेत्रमा परमाणु प्रविधिको प्रयोगद्वारा उत्पादन बढाउन औद्योगिक क्षेत्र र प्राज्ञिक क्षेत्रको पारस्परिक सहयोगमा अनुसन्धान कार्य गरिनेछ ।
६.१.९. परमाणु संयन्त्रहरूको विकासका निमित्त ल्गअभिबच क्ष्लकतचगmभलतबतष्यल तथा कम्प्यूटर इन्टरफेसिङको आधारभूत तथा प्राविधिक ज्ञान सम्वन्धमा अनुसन्धान गरिनेछ ।
६.१.१०. पशुपंक्षी तथा मत्स्य रोग निदान, प्रजनन तथा आहार सम्बन्धि अनुसन्धानमा जोड दिइनेछ ।
६.१.११. दुर्लभ जातका बिउबिजन तथा पशुपंक्षीलाई लोप हुनबाट बचाउका लागि आवश्यक व्यवस्था गरिनेछ ।
६.२ ६.२ जनशक्ति विकास
६.२.१. पारमाणविक नीतिमा आपसी सामञ्जस्यता कायम गरिनेछ ।
६.२.२. विज्ञान तथा प्रविधिको उच्च शिक्षामा परमाणु अध्ययन तथा अनुसन्धानलाई अभिन्न अङ्ग बनाइनेछ । परमाणु क्षेत्रको परिपूर्ति गर्न उपयुक्त पाठ्यक्रमको विकास गरिनेछ ।
६.२.३. परमाणु अध्ययनको पाठ्यक्रम तयार गर्दा नाभिकीय भौतिकशास्त्र, रसायनशास्त्र , विकीरण–जीव विज्ञान , विकिरण सुरक्षा का साथै नैदानिक विकिरण विज्ञान ९म्ष्बनलयकतष्अ च्बमष्ययिनथ०, नाभिकीय औषधी तथा विकिरण चिकित्सामा रेडियो थेरापी को विशेष योग्यता र दक्षता प्रादुर्भाव गर्ने कार्यमा विशेष ध्यान पु¥याइनेछ ।
६.२.४. परमाणु उर्जाको शान्तिपूर्ण प्रयोग गर्न पेशागत योग्यता, दक्षता तथा पूर्ण सीपको आवश्यकता पर्ने हुँदा उच्च योग्यता एवं क्षमता भएका कामदारहरू, व्यवस्थापकहरू, वैज्ञानिक तथा प्राविधिकहरूको उत्पादनका निमित्त विशेष शिक्षा तथा तालीमको व्यवस्था गरिनेछ ।
६.२.५. परमाणु उर्जा सम्बन्धी प्राथमिकता प्राप्त विभिन्न स्तरका अध्ययन, अध्यापनका क्षेत्रलाई देशमा विद्यमान तुलनात्मक लाभका विषयसित आबद्ध गरी शोधकार्यलाई प्रोत्साहित गरिनेछ ।
६.३.६.३. प्रबद्र्धन तथा विस्तार परमाण्ुा क्षेत्रको शान्तिपूर्र्ण प्रयोगप्रति आस्था जागृत गर्न यस क्षेत्रको अवस्था, प्रभाव र
लाभको विषयमा जनमानसलाई सुसूचित गर्न सञ्चारका उपलब्ध माध्यमहरूकोे व्यापक प्रयोग गरिनेछ ।धधध।बिधअयmmष्ककष्यल।
६.६.४. तथ्याङ्क एवं सूचना प्रणाली
६.४.१. परमाणु उर्जा सम्बन्धी विकासका सम्भावनाहरूको आवधिक सर्वेक्षण गरी त्यस सम्बन्धी सूचनाहरूलाई अद्यावधिक गरिनेछ ।
६.४.२. परमाणु ऊर्जा सम्बन्धी तथ्याङ्कहरू एवं वैज्ञानिक सूचनाहरूको सङ्कलन एवं प्रवाहलाई प्रभावकारी रूपमा सञ्चालन गर्नका निमित्त म्बतबदबकभ स्थापना गरिनेछ ।
६.५.६.५. विकिरण अध्ययन एवं अनुगमन
६.५.१. राष्ट्रमा विकिरणको स्थिति अध्ययन गरी विकिरण नक्शा तयार गरिनेछ ।
६.५.२. विकिरण अनुगमन तथा तथ्याङ्क सङ्कलन गर्न राष्ट्रको विभिन्न स्थानमा विकिरण ईकाई खडा गर्दै लगिनेछ ।
६.५.३. विकिरण नक्शा (च्बमष्बतष्यल ःबउ)को आधारमा पारमाणविक विज्ञानमा प्रयोग हुन सक्ने खनिज भण्डारको सर्वेक्षण, अन्वेषण, विकास एवं उत्खनन् गरिनेछ ।
६.६.६.६. अन्तरराष्ट्रिय सम्बन्ध तथा पारस्परिक सहयोग पारमाणविक क्षेत्रमा सूचना तथा अनुभवहरूको आदान प्रदान गर्न, विशेषज्ञता प्राप्त गर्न र अन्तरराष्ट्रियस्तरमा यस क्षेत्रमा भइरहेको द्रुतत्तर विकाससँंगै राष्ट्रलाई प्रवाहित गर्न परमाणु विज्ञानसँग सम्बन्धित अन्तरराष्ट्रियस्तरमा द्विपक्षीय एवं वहुपक्षीय पारस्परिक सहयोगको अभिबृद्धि गरिनेछ ।
६.७.६.७. मानव सुरक्षा एवं स्वास्थ्य
६.७.१. परमाणु ऊर्जासंग सम्बन्धित संयन्त्रहरूको सञ्चालन, रेडियोधर्मी पदार्थहरूको परिचालन एवं परिवहन र आयनकारी विकिरणको कुनै पनि रूपमा प्रयोग गर्न र सो को प्रयोग पश्चात रेडियोधर्मी पदार्थको व्यवस्थापन गर्दा अन्तरराष्ट्रिय मापदण्डका आधारभूत सुरक्षाका उपायहरूको अवलम्बन गरिनेछ र यसो गर्दा मानव स्वास्थ्य र जीवन तथा वातावरणमा न्यूनतम नकारात्मक प्रभाव पार्न सक्ने प्रणाली अवलम्बन गरिनेछ ।
६.७.२. चिकित्सा क्षेत्रमा आयनकारी विकिरणको प्रयोग गर्दा रेडियोधर्मी सुरक्षाको अन्तरराष्ट्रिय स्तर र मान्यतालाई कायम राखिनेछ र सर्वसाधारण जनताको स्वास्थ्यस्तरमा सुधार ल्याउनका लागि परमाणु विज्ञानलाई रोग निदान एवं चिकित्साको निमित्त रेडियो इम्यूनोलोजी रेडियोथेरापी , रेडियो फर्मास्यूटिकल तथा न्यूक्लियर मेडिसीन तयार गर्ने प्रविधिको विकास गरिनेछ ।
६.७.३. रेडियोधर्मी पदार्थहरूको सुरक्षित उपयोगको लागि आवश्यक मापदण्ड तर्जुमा एवं कार्यान्वयन गरिनेछ ।
६.८. औद्योगिक प्रयोग
६.८.१. रेडियोधर्मी क्रियाशील पदार्थ र विकिरणको रूपमा परमाणु ऊर्जाको प्रयोग विभिन्न पदार्थहरूको क्षमता तथा गुणमा अभिवृद्धि गर्न प्रयोग गरिनेछ ।
६.८.२. रेडियोधर्मी क्रियाशील पदार्थलाई रेडियोट्रेसरको रूपमा विभिन्न प्रयोजनमा प्रयोग गरिनेछ ।
६.९.६.९. आइसोटोप्ज को प्रयोग
६.९.१. चिकित्सा क्षेत्रमा नाभिकीय औषधी को प्रयोगका निमित्त रेडियो आइसोटोप तथा इलेक्ट्रोनिक संयन्त्रको विकास गरिनेछ ।
६.९.२. चिकित्सा क्षेत्रमा प्रयोग हुने रेडियो आइसोटोप्ज उत्पादन गर्न रिएक्टरको स्थापना गरिनेछ ।
६.९.३. आइसोटोप्ज को प्रयोग पशुहरूको उत्पादनमा बृद्धि गर्न तथा तिनीहरूको स्वास्थ्य स्थितिमा सुधार ल्याउनमा गरिनेछ ।
६.१०. खाद्य पदार्थमा विकिरण
६.१०.१. खाद्य पदार्थमा परमाणु विकिरणको अधिकतम राष्ट्रिय मापदण्ड अनुरूप तथ्याङ्क सङ्कलन,अध्ययन तथा अनुसन्धानका लागि सम्बन्धित निकायहरू बीच समन्वय कायम गरिनेछ ।
६.१०.२. नियमित रूपमा आयातित खाद्य वस्तुहरूको नमूनाहरूको परीक्षण तथा नियन्त्रण गरिनेछ ।
६.१०.३. इरेडियशन प्रविधिको प्रयोग अन्नहरूको भण्डारण एवं खाद्य पदार्थहरूलाई जीवाणुरहित पार्न तथा भण्डारण समयावधि वृद्धि गर्न प्रयोग गरिनेछ ।